
काठमाडौं । विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ ।
औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्लो दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै महासंघले मुलुकका प्रमुख औद्योगिक करिडोरका सयौँ उद्योग १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुगेको जनाएको छ ।
यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्