२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


गोकुल बाँस्कोटाले झुक्याएकाे भन्दै बनेपाका मेयरद्वारा एमाले परित्याग


14.079k
Shares

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले नेकपा (एमाले) पार्टी परित्याग गर्नुभएको छ ।

बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गर्नुभएका श्रेष्ठलाई एमालेले टिकट नदिएपछि पार्टी परित्याग गर्नुभएको हो ।

श्रेष्ठले केन्द्रीय सदस्य गोकुल बास्कोटाले बनेपाको मेयर पदमा पुनः उठाउने वचन दिएर धोका दिएको बताउनुभयो । उहाँले बास्कोटासहितका नेताहरूले आफूलाई झुक्याउने काम गरेको आरोप लगाउनुभयो ।

श्रेष्ठले बनेपाको मेयरबाट पनि राजीनामा गर्ने बताउनुभयो । एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई टिकट दिएको छ ।