Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन


130
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

शनिबार आफ्नो अध्यक्षतामा आयोजित ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

त्यस्तै उहाँले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी थिए ।

भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी सबै प्रदेशका तीनै सुरक्षा निकायका प्रमुख पनि सहभागी थिए ।