
काठमाडौं । कोरोना भाईरसको कारण स्थगित बेल्जियमको शीर्ष डिभिजनको प्रो लिग रद्द हुने भएको छ ।
लिगको निर्देशक कमिटिले यस सिजनको लिग रद्द गर्ने निर्णय गरेको छ । आगामी अप्रिल १५ मा बस्ने बोर्ड बैठकले यस निर्णयलाई आधिकारिक रुपमा अनुमोदन गरिने बताईएको छ ।
यो लिग रद्द भए कोरोनाका कारण रद्द हुने युरोपको पहिलो शीर्ष लिग बन्नेछ ।
यस्तै कमिटिले यस सिजनको उपाधि लिग लिडर क्लब ब्रुगलाई दिने निर्णय समेत गरेको छ । यस सिजन ब्रुग दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्