काठमाडौं, चैत २० । गजराज जोशी ट्रष्टले टोखा नगरपालिका वडा नम्बर–२ लाई ‘पीपीई’ सहयोग गरेको छ ।
गजराज जोशी ट्रष्टका अध्यक्ष रामराज जोशीले बिहीबार वडा नम्बर–२ का अध्यक्ष दीपकराज जोशीलाई पीपीई हस्तान्तरण गरे ।
पीपीई कोरोनाभाइरस संक्रमण नियन्त्रणमा खटिइने स्वास्थ्यकर्मीलाई प्रदान गरिने छ ।
ट्रष्टले सूचना संकलनमा खटिने सञ्चारकर्मीहरुलाई समेत पीपीई वितरण गरेको छ ।
ट्रष्टका अध्यक्ष जोशीले टोलटोलमा सरसफाइका लागि हात धुन साबुन–पानीको व्यवस्थापन पनि गरेको बताए ।








प्रतिक्रिया दिनुहोस्