
काठमाडौं, चैत २० । कोरोनाभाइरस महामारीका कारण बेलायतमा हुने तय भएको जलवायु सम्मेलन अर्को वर्षसम्मका लागि स्थगित गरिएको छ ।
बेलायत र संयुक्त राष्ट्रसंघका अधिकारीहरूले संयुक्त विज्ञप्तिमार्फत् सम्मेलन स्थगनको घोषणा गरेका हुन् ।
यसै वर्षको नोभेम्बर ९ बाट सुरु हुने भनिएको संयुक्त राष्ट्रसंघीय वार्षिक सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तनबारे निकै महत्वपूर्ण पेरिस सम्झौता भएको पाँच वर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ‘ग्लास्गो’ सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्