Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


आचारसंहिता उल्लंघन गर्दै हेटौंडाका मेयर, राजीनामा नदिई चुनावी अभियानमा


754
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत निर्वाचन आचारसंहिता विपरित एमालेको चुनावी अभियानमा लाग्नुभएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महात दैनिकजसो एमालेको प्रचार अभियानमा लाग्नुभएको हो ।

निर्वाचन आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाइँदैन ।

‘बहालवाला मेयर नै आचारसंहिता विपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिडिँरहेका छन्,’ हेटौंडा–५ का एक स्थानीयले भने, ‘यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ ।’

महत पछिल्लो दिन नियमित रूपमा चुनावी अभियानमा गएर आश्वासन समेत बाँढिरहेको गुनासो अन्य दलका नेता कार्यकर्ताहरूको छ ।

सबै जनताको जनप्रतिनिधि भए पनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरीत हुने कानूनीका जानकारहरूको भनाइ छ । महत एमालेको उम्मदवारको दौडमा रहे पनि अन्तिम क्षणमा ‘रेस’बाट बाहिरिएका थिए ।