
सोलुखुम्बु, चैत २० । सोलुखुम्बुको सल्लेरीमा ज्यालादारी काम गर्दै आएका ३० जना भारतीय कामदार अलपत्र परेका छन् ।
कोरोनाभाइरस संक्रक्रमणको जोखिम कम गर्न सरकारले गरेको ‘लकडाउन’सँगै उनीहरु अलपत्र परेका हुन् ।
लकडाउनपछि उनीहरुले गर्दै आएको ज्यालादारी काम बन्द भएको छ । अहिले उनीहरुलाई बिहान–बेलुका के खाने भन्ने समस्या परेको छ ।
उनीहरुले आफूहरुलाई राहत र सहयोगका लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्