Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ


3.7k
Shares

रसुवा । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका कालिका गाउँपालिका–३ धारापानीका ३५ वर्षीय गणेश बिक प्रहरीले जनाएको छ ।

पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन् ।

बिहीबार साँझ स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिंडेका बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको शुक्रबार बिहान रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।