Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


विपन्न परिवारलाई राहत वितरण


0
Shares

काठमाडौं, चैत २० । काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुले विपन्न नागरिकहरुलाई राहत सामग्री वितरण सुरु गरेका छन् ।

‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई महानगरपालिकाले राहत दिन थालेको हो ।

मन्त्रिपरिषद् बैठकले गएको सोमबार असंगठित क्षेत्रका ज्यालादारी र श्रमिक तथा मजदुरका लागि राहत घोषणा गरेको थियो ।

सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी राहत वितरण गर्न स्थानीय तहलाई जिम्मा दिएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले लकडाउन अवधिभर महानगरपालिकाले विपन्न परिवारलाई सहयोग गर्ने बताए ।

मुलुकका विभिन्न स्थानीय तहले पछिल्लो समय राहत वितरणको कामलाई तीव्र बनाएका छन् ।