३० असार २०८२, सोमबार | Mon Jul 14 2025


नेदरल्यान्डका १ सय २२ यात्रु बोकेर मलेसिया एयरलाइन्सको जहाज काठमाडौंबाट उड्यो


0
Shares

काठमाडौं । नेदरल्यान्ड्स सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेदरल्यान्डका १२२ जना यात्रु बोकेर मलेसिया एयरलाइन्सको जहाज युरोपका लागि उडेको हो ।

लकडाउन लम्बिएपछि नेपालबाट युरोपका धेरै मुलुकले आफ्ना नागरिक फिर्ता लगेका छन् ।

यसअघि फ्रान्स, जर्मनी लगायतका युरोपेली देशसहित अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले पनि आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगेका थिए ।

विमानस्थल कार्यालयका अनुसार आज ब्यापारीहरूले ल्याउन लागेको मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी पनि चीन उडेको छ ।

आजैै साँझ नेपाल एयरलाइन्सको अस्ट्रेलिया गएको जहाज काठमाडौं फर्किने बताइएको छ ।