कबड्डी ४ को ट्रेलर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal


कबड्डी ४ को ट्रेलर सार्वजनिक


468
Shares

काठमाडौं । फिल्म कबड्डी–४ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा ड्रामा, रोमान्स र राजनीतिलाई समेटेर उत्कृष्ट बनाइएको छ ।

जेठ १३ गतेदेखि प्रदर्शनीमा आउन लागेको यस फिल्ममा द ह्याङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र स्व. जयनन्द लामाको मुख्य भुमिका रहेको छ ।

यस फिल्मको निर्देशन रामबाबु गुरूङले गरेका हुन् । विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले फिल्म निर्माण गरेका हुन् ।

फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेश श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् ।

कबड्डीको चौथो सिक्वेलमा निर्माण भएको यो कबड्डी ४ लाई द फाइनल म्याच भनिएको छ । यो फिल्म जेठ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

ट्रेलर :