विश्वभर ८० प्रतिशतले बढे दादुराका बिरामी « Imagekhabar – Online News Portal of Nepal


विश्वभर ८० प्रतिशतले बढे दादुराका बिरामी


533
Shares

काठमाडौं । कोरोना भाइरस बाहेक अन्य रोगहरूका लागि खोप अभियान अवरुद्ध हुँदा यो वर्ष विश्वमा करिव ८० प्रतिशतले दादुराका बिरामी बढेको छ ।

खोप अभियान अवरुद्ध हुँदा लाखौं बालबालिकाको जीवन जोखिममा पर्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले बताएका छन् ।

गत जनवरी र फेव्रुअरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको राष्ट्र संंघको तथ्यांकले देखाएको छ । गतवर्ष यही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो ।

पछिल्लो १२ महिनामा दादुराका २१ वटा ठूला प्रकोप देखिएको र तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागर क्षेत्रमा देखिएको पनि राष्ट्र संघले जनाएको छ ।