काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ ।
गएराती भएको खेलमा हडर्सफिल्ड टाउनलाई ३-० ले हराउँदै चेल्सीले नयाँ सिजनको प्रिमियरसिपमा शानदार सुरुवात गरेको हो ।
खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो कान्टे, जर्जीनो र पेड्रोले एक एक गोल गरे ।
जितसँगै नयाँ प्रशिक्षक मउरिजियो सारीले पहिलो प्रतिस्पर्धात्मक खेलमै सफलता हात पारेका छन् ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले न्युकासल युनाईटेडलाई २-१ ले हरायो ।
खेलका टोटनह्यामलाई विजयी गराउन यान भर्टोङ्गन र डेले अलीले एक एक गोल गरे ।
प्रिमियर लिग फसटबलका अन्य खेलहरुमा वर्नमाउथले कार्डीफ सिटीलाई २-० ले हराउँदा क्रिष्टल प्यालेसले फुल्महलाई पनि २-० कै गोल अन्तरमा हराएको छ ।
यसैगरी वाट्फोर्डले ब्राईटनमाथि २-० को जित निकालेको छ ।
यसै सिजनमा प्रिमियर डिभिजनका उक्लिएको वुल्भरह्याम्पटन वान्डरर्सले भने गएराती एभर्टनसँग २-२ गोलको बराबरी खेलेको छ ।
इङ्गलिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुनेछन् ।
लिभरपूलले वेष्ट ह्याम युनाइटेडसँग खेल्दा साविक विजेता म्यान्चेस्टर सिटीले आर्सनलको सामना गर्नेछ । यसैगरी साउथह्यानम्पटन र बर्न्ले भिड्नेछन् ।








प्रतिक्रिया दिनुहोस्