३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


धानकाे उत्पादन तीन गुणा बढाउन अर्थमन्त्रीकाे निर्देशन


13.156k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धानकाे उत्पादन तीन गुणा वृद्धि गर्न निर्देशन दिनुभएकाे छ ।

बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री शर्माले किसानलाई उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न निर्देशन दिनुभयाे ।

छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाव रहेको बताउनुभयो ।

मन्त्री शर्माले नेपालमा सुचिकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित पुनः छलफलमा आउन समेत निर्देशन दिनुभयो ।