३० असार २०८२, सोमबार | Mon Jul 14 2025


एनआईसी बैंकको घरबाटै खाता खोल्न मिल्ने सुविधा


0
Shares

काठमाडौं, चैत १९ । ‘लकडाउन’को समयमा एनआईसी एसिया बैंकले घरबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ ।

बैंकले लकडाउनको समयमा ग्राहकलाई बैंकको शाखासम्म पुग्न नपर्ने तथा ग्राहकको समय बचत हुने गरी यस्तो सुविधा ल्याएको जनाएको छ ।

सुविधाअन्तर्गत् ग्राहकले घरमै बसिबसी विभिन्न ८ चरणमा निःशुल्क खाता खोल्न सक्नेछन् ।

खाता खोल्न चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर बचत वा मुद्दती खाता खोल्न सक्नेछन् ।

सबै शर्त पूरा भएपछि एक फर्म भरी कुन प्रकारको खाता छनोट गर्ने हो, सोही खाता छनोट गर्न सकिने पनि बैंकले जनाएको छ ।

विश्वव्यापी महामारीको असहज परिस्थितिमा यावत चुनौती तथा समस्याहरुको बाबजुद् पनि बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।