Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


जर्मनीले युक्रेनलाई ५० वटा विमानभेदी सैनिक ट्यांक उपलब्ध गराउने


611
Shares

काठमाडौं । जर्मनीले आफ्नो युक्रेन नीतिमा महत्वपूर्ण बदलावको संकेत गरेको छ ।

रुस र युक्रेनबीचको युद्धमा यसअघि सिधा प्रवेश नगरेको जर्मनीले अब भने युक्रेनलाई महत्वपूर्ण सैन्य सहयोग गर्ने भएको हो। जर्मनीले युक्रेनलाई ५० वटा विमानभेदी सैनिक ट्यांकहरु उपलब्ध गराउने निर्णय गरेको जर्मनी रक्षा मन्त्री क्रिस्टिन ल्याम्ब्रेचले बताएका छन । जर्मनीको यो कदमको अमेरिकाले स्वागत गरेको छ ।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले जर्मनीको यो निर्णयले रुसलाई धक्का पुग्ने र युक्रेनलाई ठूलो राहत र उर्जा प्रदान मिल्ने प्रतिक्रिया दिएका छन । यसैबीच बेलायतले पनि रुस विरुद्धको युद्धमा युक्रेनलाई सहयोग गर्न विश्व समुदायसँग अपिल गरेको छ ।

युक्रेनलाई दीर्घकालीन सहयोग स्वरुप लडाकु जेटहरु उपलब्ध गराउनुपर्ने बेलायतकाे धारणा छ । यसैबीच, रुसले पोल्याण्ड र बुल्गेरियामा ग्याँस आपूर्ति बन्द गर्ने भएको छ । रुसी ग्याँस कम्पनी ग्याजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई आज (बुधबार) देखि ग्याँस आपूर्ति बन्द गर्ने जनाएकाे छ ।

रुसी मुद्रा रुबलमा भुक्तानी नदिने देशहरुलाई ग्याँस आपूर्ति बन्द गर्ने नीति अन्तर्गत यो निर्णय लिइएको ग्याँस कम्पनीले जनाएकाे छ ।