३० असार २०८२, सोमबार | Tue Jul 15 2025


कोरोना संक्रमणले आक्रान्त इटाली, नेपालीहरु ‘सुरक्षित’


0
Shares

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, चैत १९ । पछिल्लो समय कोरोना संक्रमणले आक्रान्त बनेको इटालीमा मृत्यु हुनेको संख्या सयौंको संख्यामा थपिइरहेको छ ।

संक्रमितको संख्या पनि लाख नाघेको छ ।

तर, त्यहाँ रहेका नेपालीहरु भने सुरक्षित देखिएका छन् ।

अरुबेला पर्यटकहरुले भरिभराउ हुने इटाली अहिले प्राणघातक कोरोना संकटसँग जुधिरहेको छ ।

पर्यटकहरु व्यवस्थापन गर्न हम्मे–हम्मे पर्ने सहरहरुमा अहिले मानिसहरुको शव सम्हाल्न मुस्किल छ । दृश्यहरु कारुणिक छन् ।

डेढ महिनाअघिसम्म इटालीमा यस्तो अवस्था आउला भनेर कसैले पनि कल्पनासमेत गरेका थिएनन् ।

तर, डिसेम्बर अन्तिममा चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) को महामारीले इटालीलाई युद्धग्रस्त मुलुकभन्दा पनि ठूलो संकटमा ल्यायो ।

इटालीसमेत हेर्दै आएको स्वीट्जरल्यान्डस्थित नेपाली दूतावासकाअनुसार त्यहाँ एक हजार ७३२ नेपाली छन् ।

तर, कसैमा पनि कोरोना संक्रमण नदेखिएको एनआरएनए इटालीले जनाएको छ ।

तर, एक महिनादेखि घरभित्रै बसेका नेपालीहरू मानसिक तनाव झेलिरहेका छन् । उनीहरु संक्रमणबाट बच्न सतर्क छन् अनि चिन्तित पनि ।

इटालीबाट नेपालले बेलैमा पाठ सिकोस् भन्ने उनीहरुको चाहना छ ।

नेपालीहरु स्वेच्छाले वा बाध्यताले विश्वभर जहाँ–जहाँ छन्, अपवादमाबाहेक संयमित छन् । त्यसैले अपवादमाबाहेक सुरक्षित पनि छन् ।

जति संयमित र सुरक्षित भएर बसिन्छ, उत्ति नै कोरोनाको संक्रमणबाट जोगिन सकिने उदाहरण विश्व अभ्यासले देखाएको छ । –एजेन्सीको सहयोगमा