मनोनयन दर्ताकै दिन कांग्रेसको विजयी सुरूवात « Imagekhabar – Online News Portal of Nepal


मनोनयन दर्ताकै दिन कांग्रेसको विजयी सुरूवात


22.568k
Shares

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरू गरेको छ ।

हेलम्बु गाउँपालिका-५ मा नेपाली कांग्रेसबाट सन्तमाया सुनारले खाता खोल्नुभएको हाे । साे गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिनुभएकी सन्तमाया सुनार निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ दलित महिला कोटाबाट निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेस बाहेकका कुनै पनि दलले दलित महिलाको तर्फबाट उम्मेदवार नउठाएपछि सन्तमाया सुनार निर्विरोध निर्वाचित हुनुभएको हो ।