
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्स पन्जाब किङ्ससँग पराजित भएको छ ।
मुम्बईमा सोमबार राति भएको खेलमा चेन्नई पन्जाबसँग ११ रनले पराजित भएको हो ।
मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनायो ।
चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । यस्तै, रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २/२ विकेट लिए । यस्तै, सन्दीप शर्मा र अर्शदीप सिंहको नाममा १/१ विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो ।
पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।
प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्