डोल्पाको दुई पालिकाको अध्यक्षामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध « Imagekhabar – Online News Portal of Nepal


डोल्पाको दुई पालिकाको अध्यक्षामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध


14.313k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई गाउँपालिकाका दुई जना अध्यक्ष र एक जना उपाध्यक्षको एकल उम्मेदवारी परेको छ ।

जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट एकल उम्मेदवारी परेको छ ।

काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरुङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङ निर्विरोध भएका छन् ।

२०७४ मा काइके गाउँपालिकाका अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरुङ नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।