Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘आर्थिक विकासका लागि बिम्स्टेक’


0
Shares

काठमाडौं, साउन २६ । बिम्स्टेक सम्मेलनले नेपालको पर्यटन, व्यापार, कृषि उत्पादनमा वृद्धि एवं सन्जालमा सहज हुने पूर्वराजदूतहरुले बताएका छन् ।

पूर्वराजदूत डा. शंकर शर्माले नेपालले आर्थिक विकासको गति वृद्धि गर्नका लागि सन्जालको विकासमा जोड दिनुपर्ने बताए ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि लगानी बढाउनुपर्ने, स्वतन्त्र व्यापार बढाउनुपर्ने र निर्यातजन्य वस्तुहरुको उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

यस्तै, पूर्वराजदूत प्रद्युम्न शाहले बिम्स्टेकले अरु देशहरुसँगको सम्बन्ध विस्तार र सन्जालका लागि अवसर प्रदान गरेको बताए ।

उनले सदस्यराष्ट्रको आर्थिक विकासका लागि सबै सदस्य राष्ट्रमा बैंक स्थापना हुन लागेकोसमेत जानकारी गराए ।

आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको एजेन्डाबारे छलफल गर्न शनिबारदेखि काठमाडौंमा सदस्य राष्ट्रका सचिवस्तरीय बैठक सुरु भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सन् १९९७ जुन ६ मा स्थापना भएको थियो ।

बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड र म्यानमार  सदस्य छन् ।