२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कोरोना भाईरसको कारण फ्रेन्च क्लब मार्सेका पूर्व अध्यक्ष पेप डिउफको निधन


0
Shares

एजेन्सी । कोरोना भाईरसको कारण फ्रेन्च क्लब मार्सेका पूर्व अध्यक्ष पेप डिउफको निधन भएको छ ।

कोरोनाबाट संक्रमित डिउफको ६८ वर्षको उमेरमा सेनेगलमा निधन भएको हो ।

मार्सेले सामाजिक संजाल ट्वीटरबाट पूर्व अध्यक्ष डिउफको निधन भएको पुष्टि गरेको छ ।

डिउफ सन् २००५ देखि २००९ सम्म लिग वान क्लब मार्सेका अध्यक्ष रहेका थिए ।

डिउफको निधनमा फ्रेन्च फुटबल फेडेरेसनले पनि शोक व्यक्त गरेको छ ।