Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेप्ससहित कारोबार पनि घट्यो


0
Shares

काठमाडौं, साउन २६ । यो साता पुँजीबजारसहित कारोबार परिमाणमा पनि गिरावट आयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ अंकले घटेर अन्तिम दिन ११ सय ८० अंकमा आइपुग्यो । गत साता पनि नेप्से साढे ३ अंकले झरेको थियो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको ९१ करोड ८७ लाख रुपैयाँ बराबरका ३६ लाख ४७ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता पनि १८१ कम्पनीहरुकै एक अर्ब सात करोड ६७ लाख रुपैयाँ बराबरका ४० लाख ८४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा साढे १४ प्रतिशतले कम हो ।

यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा प्रोग्रेसिभ फाइनान्स संस्थापक एवं कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापकलाई नेपाल लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र सानिमा माई हाइड्रोपावरले क्रमशः पच्छ्याउन पुगे ।