
काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ ।
गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ ।
मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको दाबीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एमालेले उनको टिकट खोसेर कृष्ण थापालाई दिइएको हो ।
गण्डकी प्रदेशका सांसद समेत रहेका थापा पोखराका पूर्व मेयर समेत हुनुहुन्छ । थापा र गुरुङले आज साेमबार १२ बजे मनोनयन गर्ने जनाएका छन् ।
सत्ता गठबन्धनले पोखरामा नेकपा एकीकृत समाजवादीलाई मेयर दिएको छ ।
प्रतिक्रिया दिनुहोस्