१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


मकवानपुरमा आइतबार भएन उम्मेदवारी दर्ता


52
Shares

हेटौंडा । मकवानपुरमा पनि प्रमुख राजनीतिक दलले आइतबार उम्मेदवारी दर्ता गराएनन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले पालिकाहरुमा तालमेलको कोशिस राखेकाले सोमबार उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि आइतबार दिनभरजसो उम्मेदारको नाम टुंग्याउनमै व्यस्त रहेकाले उम्मेदवारी दर्ता गराएन ।

हेटौंडास्थित मुख्य निर्र्वाचन अधिकृतको कार्यालयमा सबैभन्दा पहिले नेपाल मजदुर किसान पार्टीका रमेश मान सिहंले हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको थियो ।