 
	    काठमाडौं, चैत १८ । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३९ हजार १२ पुगेको छ ।
८ लाख हजार ५५६ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् ।
पछिल्लो तथ्यांकअनुसार एक लाख ७२ हजारजना उपचारपछि निको भएका छन् ।
कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा मृत्यु हुनेको संख्या ११ हजार ५९१ पुगेको छ ।
कोरोनासँग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार १८९ जनाको मृत्यु भएको छ ।
उता, इरानमा दुई हजार ८९८ जनाको मृत्यु भएको छ ।
फ्रान्समा तीन हजार ११० जनाको मृत्यु भएको छ ।
अमेरिकामा पनि कोराना संक्रमण तीव्रगतिमा फैलिरहेको छ । अमेरिकामा कोरोनाका कारण तीन हजार १७४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकाका कोरोना संक्रमितको संख्या एक लाख ५५ हजार ७४३ पुगेको छ ।
बेलायतमा १४ सय आठजनाको मृत्यु छ ।
जर्मनीमा आजमात्रै थप ३७ जनाको मृत्यु भएको छ भने मृतकको संख्या ६८२ पुगेको छ ।
कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म तीन हजार ३०५ जनाको मृत्यु भएको छ ।
नेदरल्यान्ड्समा एक हजार ३९ जनाको मृत्यु भएको छ ।
बेल्जियममा ७०५ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा १६० जनाको मृत्यु भएको छ भने ब्राजिलमा १६५ जनाको मृत्यु भइसकेको छ ।
भारतमा मृतकको संख्या ३२ पुगेको छ भने एक हजार २५१ जना संक्रमित छन् ।
पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक हजार ८६५ पुगेको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्