४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


पूर्वराज्यमन्त्री डिम्पलको निधन


455
Shares

काठमाडौं । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित झाको आइतबार बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनु भएको छ ।

डिम्पल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।

डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहनु भएको थियो ।

पूर्वसंविधानसभा सदस्यसमेत रहनुभएकी उहाँ मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बन्नु भएको थियो ।