
काठमाडौं, चैत १८ । नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
कोषको सोमबार बसेको सञ्चालक समितिको बैठकले कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
कोषको सञ्चालक समितिका अध्यक्ष एवं सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामती कर्मचारीले योगदान गरेसरह दशौं तहसम्मका अधिकृतले सात, अन्य अधिकृतले पाँच र सहायकस्तरका कर्मचारीहरुले तीन दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्