१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


भारतका रेल राज्यमन्त्री गोहाइँविरुद्ध यौनशोषणको आरोपमा मुद्दा दर्ता


0
Shares

काठमाडौं, साउन २६ । भारतका रेल राज्यमन्त्री राजेन गोहाइगोहाइँ यौनशोषण गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

रेलवे विभागमा जागिर दिलाउने बहानामा  राज्यमन्त्री गोहाइँले बलात्कार र धम्की दिएको आरोप एक महिलाले लगाएकी छन् ।

विगत ७/८ महिनादेखि यौनशोषण गरेको ती महिलाको आरोप  छ ।

राज्यमन्त्रीविरुद्ध गत अगस्ट १ मा मुद्दा दर्ता गरिएपनि यो विषय १० अगस्टमा सार्वजनिक भएको हो ।

आरोप दर्ता गर्ने महिलाले सन्चारकर्मीसामु मन्त्रीविरुद्ध अडियो रेकर्डिङ रहेको दाबी गरेकी छन् ।

अर्कोतर्फ राज्यमन्त्री गोहाइँका छोराले ती महिला र उनको परिवारविरुद्ध ‘ब्ल्याकमेलिङ’ गरेको भन्दै मुद्दा दर्ता गरेका छन् ।

गोहाइँले आफूमाथिको आरोप राजनीतिप्रेरित भएको बताएका छन् ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता गोहाइँ सन् १९९९ देखि लोकसभाका सांसद छन् । (एजेन्सी)