जुम्लामा आगलागीबाट एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


जुम्लामा आगलागीबाट एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु


156
Shares

काठमाडौं । जुम्लाको तिला गाउँपालिका–३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र १ वर्षीय दिपेश सार्की रहेका छन् ।

स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति करिब साढे ११ बजे आलगागी हुँदा मानसिंहका तीन जना छोराछोरीको मृत्यु भएको हो भने १४ वर्षीया तिर्सना भने मानसिंहकी भान्जी रहेको प्रहरीले जनाएको छ । चार दिनअघि तिर्सना मामाको घरमा आएकी थिइन् ।

मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ ।

आगलागीले तीनतले घरको दुई तला पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।