Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


मतदाता नामावलीमा अब हेरफेर हुँदैन : निर्वाचन आयोग


143
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ ।

अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुन सुचारु हुने जनाएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिहरूले निर्वाचनपछि सम्बन्धित निर्वाचन कार्यालयमा गई दर्ता गर्ने, त्रुटी सच्याउने लगायतका कार्य गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भए पछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएको भएको आयोगले जनाएको छ ।