प्रदीप पौडेल (इमेज)
पोखरा, साउन २६ । खानेपानीमन्त्री बीना मगरले नेपालका हिमतालको पानी विदेशमा बेच्ने बताएकी छन् ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मगरले हिमनदीको पानी बेच्ने बताएकी हुन् ।
नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाबारे अध्ययन गरिरहेको बताउँदै उनले ‘एभरेस्ट वाटर’को नामबाट पानीलाई विश्वबजारमा पुर्याइने बताइन् ।
‘हिमतालबाट निस्कने पानी महँगोमा बिक्री हुनेछ’–उनले भनिन् ।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल खानेपानी संस्थान तथा पोखरा महानगरपालिकाको सहयोगमा पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा निर्मित शवदाहगृह तथा शौचालय समुदायलाई हन्तान्तरण गर्दै उनले सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी खुवाउन सरकार प्रत्यत्नशील रहेको उल्लेख गरिन् ।









प्रतिक्रिया दिनुहोस्