
काठमाडौं, चैत १७ । कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सकिन्छ कि भनेर बेलायतमा परीक्षण सुरु गर्न लागिएको बीबीसीले जनाएको छ ।
मेडिकल डिटेक्सन ड्रग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको छ ।
विश्वभरि ‘कोभिड-१९’ महामारी फैलिएको बेला डरहम युनिभर्सिटी र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोनाभाइरस संक्रमण पत्ता लगाउन तालिम दिन लागेको ‘बीबीसी’ले उल्लेख गरेको छ ।
मेडिकल डिटेक्सन ड्रग्स प्रमुख क्लेअर गेस्टकाअनुसार कुकुरको प्रयोगबाट चाँडै र प्रभावकारी ढंगबाट संक्रमण पत्ता लगाउन सकिनेछ ।
त्यसो भयो भने एनएचएसको साधन र स्रोत आवश्यक परीक्षणमा प्रयोग गर्न सकिनेछ ।
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनकाअनुसार अनुसन्धानबाट कुकुरले सुँघेर औलो रोग पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ ।
कुकुरको त्यो क्षमता विश्व स्वास्थ्य संगठनले रोग निदान गर्न तोकेको मापदन्डभन्दा बढी छ ।
प्रतिक्रिया दिनुहोस्