२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


लकडाउनका कारण चियाको पहिलो टिपाइ प्रभावित


0
Shares

इलाम । इलाममा लकडाउनका कारण चिया टिप्ने काम प्रभावित भएको छ ।

चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि लकडाउनका कारण टिप्ने काममा समस्या भएको हो ।

जिल्लामा चिया कारखाना बन्द भएकाले प्रशोधनमा समेत असर परेको छ ।

चैतको पहिलो साताबाटै मुना चिया टिप्ने गरिने भए पनि यस वर्ष लकडाउनका कारण अहिलेसम्म चिया टिप्ने काम हुन सकेको छैन ।

उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने गर्दछ ।