Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


विदेशबाट कोरोना देखिएका व्यक्तिसंगै आउनेहरुको विवरण देऊ : नाट्टा


0
Shares

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमाविदेशबाट कोरोना देखिएका व्यक्तिसंगै आउनेहरुको विवरण आई कोरोना संक्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको छ ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै उक्त एयरलाइन्सबाट आउने अन्य यात्रुको पूर्ण विवरण नाट्टामा उपलब्ध गराउन सबै ट्राभल कम्पनीलाई आग्रह गरेका हुन ।

कोरोनाको सम्भावित संक्रमणबाट जोगिन अन्य यात्रुको पहिचान गरी सरकारलाई सहयोग गर्न लागेको अध्यक्ष गुरागाईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

राज्यद्वारा जारी गरिएको निर्देशन पालना गर्नु नागरिकको दायित्व रहेको भन्दै नाट्टाले लकडाउनको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।

नाट्टाले विभिन्न मुलुकबाट भर्खरै नेपाल आएका जोकोहीलाई पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेर सङ्क्रमण फैलन नदिन आग्रह समेत गरेको छ ।