
काठमाडौं । एक सातादेखिको लकडाउनको अवधिमा एक हजार २ सय ५० भन्दा बढी पर्यटकको उद्धार गरिएको छ ।
पर्यटन बोडर्कका अनुसार देशका १९ वटा पर्यटकीय गन्तव्यबाट युरोप, अमेरिका, रुस, दक्षिण कोरियालगायत मुलुकका पर्यटकलाई सडक र हवाईमार्गबाट उद्धार गरेर काठमाडौं ल्याइएको हो ।
हिजो साँझसम्म पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङटाङ, मनास्लु, गोरखा, लेते, बेशीसहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको छ ।
लुक्लाबाट सबैलाई हेलिकप्टर र विमान चार्टर गरेर उद्धार गरिएको बोर्डले जनाएको छ । त्यस क्षेत्रबाट ५४ जना नेपाली गाइड तथा भरियालाई पनि उद्धार गरिएको छ ।
ट्रेकिङ एजेन्सिज् एशोशिएन अफ नेपाल टानका अध्यक्ष खुम बहादुर सुवेदीले देशभर अझै पनि थुपै्र पर्यटक अलपत्र अवस्थामा रहेको र उनीहरुलाई स्वदेश फर्काउनु मुख्य चुनौती रहेको बताए ।
उनले पर्यटकसँगै विभिन्न गन्तव्यमा पुगेका नेपाली सहयोगीहरुलाई काठमाडौं ल्याउने क्रम पनि जारी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्