बैतडी । मदिरा सेवन गरि बैतडीको पुर्चौडी नगरपालिकाका एक वडाअध्यक्षमाथि कुटपिट भएको छ ।
पुर्चौडी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर ऐरमाथि आइतबार कुटपिट हो ।
वडाअध्यक्ष ऐरलाई सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले कुटपिट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
उक्त वडाको ग्वाल्लेक मावि वडलेकमा स्थापना गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरि होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाअध्यक्ष ऐर कुटिएका हुुन्।
कुटपिट गर्ने बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बडुले मदिरा सेवन गरेर कुटपिट गरेको बारे अनुसन्धन भइरहेको प्रहरीे बताएको छ ।
वडाअध्यक्षलाई कुुटपिट गर्ने बडुलाई कानुन बमोजिम कार्बाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाअध्यक्षको अवस्था सामान्य रहेको छ ।
यसअघि चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी पनि क्वारेन्टाइनमै कुटिएका थिए ।
अहेब धामीलाई स्थानीय नरेन्द्र जागरीले राती साढे १० बजे कुटपिट गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्