 
	    एजेन्सी । विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तान र भारतमा तीव्र रुपमा बढेको छ ।
कोरोना संक्रमणका कारण भारत र पाकिस्तानमा हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ ।
पाकिस्तानमा संक्रमितको संख्या एक हजार ५९७ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
पाकिस्तानको पन्जावमा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन । पन्जावमा अहिलेसम्म चार सय ६९ जना व्यक्तिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।
मृत्यु हुनेको सङ्ख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन् ।
पकिस्तानमा कोरोना भाइरसको सङ्क्रमणको पुुष्टि फेब्रुवरी २६ मा भएको थियो ।
यता भारतमा कोरोना भाइरसका कारण मर्नेको संख्या संख्या २७ पुगेको छ ।
१ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण तीव्र रुपमा बढेपछि भारत २१ दिने लकडाउनमा छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्