३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कोरोनाको सङ्क्रमणका कारण स्पेनमा एकै दिन आठ सय ३८ को मृत्यु


0
Shares

एजेन्सी । स्पेनमा विगत २४ घण्टामा आठ सय ३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार एकैदिन आठ सय ३८ को मृत्यु भएको  पुष्टि गरेको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्ये चार हजार ९०० विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।

स्पेनमा सङ्क्रमित भएका १४ हजार ७०० व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेनको राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ ।

मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।