
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौं जित निकालेको छ ।
मंगलबार राति मुम्बईमा भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो ।
बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो ।
लखनउका लागि कुर्नाल पान्डयले ४२ रन जोड्दा कप्तान केएल राहुलले ३० रन बनाए । लखनउलाई सस्तैमा समेट्न बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए । हर्सल पटेलले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो । बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय इनिङ खेले । शाहबाज अहमेदले २६ तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए । दिनेश कार्तिक १३ रनमा अविजित रहे । लखनउका जासन होल्डर र दुश्मन्था चामिराले २÷२ विकेट लिए ।
यस जितसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । लखनउ ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्