Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


आइएमई पेद्वारा हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक


91
Shares

काठमाडौं। ‘आइएमई पे’ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।

जस अनुसार पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त ३ सय रुपैयाँ छुट प्राप्त गर्नेछन् । यात्राकोलागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ । नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५० प्रतिशत सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गन्तव्यको निःशुल्क हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याउने गरेको छ । योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै ३ सय रुपैयाँ अतिरिक्त छुट पाउनेछन् ।

अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् । आइएमई पे आइ आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित कम्पनी हो ।