३० असार २०८२, सोमबार | Mon Jul 14 2025


न्यूयोर्क र न्यु जर्सी राज्यसँगको यातायात बन्द गर्नेबारे राष्ट्रपति ट्रम्प र गभर्नरबीच मत बाझियो


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढदो महामारी नियन्त्रणका लागि न्यूयोर्क र न्यु जर्सी राज्यसँगको यातायात सञ्जाल बन्द गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले यी दुई राज्यमा कोरोनाका शंकास्पद संक्रमितलाई क्वारेन्टाइनमा राख्न सकिने पनि बताए । कोरोनाको संक्रमण सबैभन्दा बढी यी दुई राज्यमा देखिएकाले सावधानी अपनाउन लागेको उनको भनाई थियो ।

तर न्युयोर्कका गभर्नर इन्ड्र्यु कुमोले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिको खण्डन बताए । उनले महामारी नियन्त्रणमा लागि आफूहरुले यसअघि नै सार्वजनिक कार्यक्रम र जमघट नियन्त्रण गरिसकेको दावी गरेका छन् ।

उनले दुई राज्यमा मात्र लकडाउन गरेर महामारी नियन्त्रण हुन नसक्ने स्पष्ट पारेका छन् । उनले  लकडाउन गरिए अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भन्दै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दएका छन् ।

गभर्नर इन्ड्र्यु कुमोले राष्ट्रपति ट्रम्पसँगको कुराकानीमा आफूलाई त्यस्तो नबताएको दावीसमेत गरेका छन् ।

कोरोना भाइरसका कारण विश्वभर करिव सात लाख प्रभावितमध्ये ३० हजार ८ सय ३४ जनाको मृत्यु भएको छ । त्यसैगरी एक लाख ३७ हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन् ।

यसैगरी अहिलेसम्म सबै भन्दा बढी कोरोनाका कारण इटालीमा दश हजार भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा एक लाख ३२ हजार भन्दा बढी संक्रमित देखिँदा दुई हजार भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै स्पेनमा पाँच हजार भन्दा बढीको मृत्यु भएको छ  भने चीनमा मर्नेको संख्या तीन हजार तीन सय पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।(एजेन्सी)