
एजेन्सी । कोरोना भाइरसका कारण हाल स्थगित भएको सिरी ए क्लव युभेन्टस क्लवका प्रशिक्षक र खेलाडीले आफ्नो तलवमा कटौती गर्न सहमत भएका छन् ।
लिग बन्द भएपछि आर्थिक रुपमा ठूलो घाटा भएपछि क्लवले खेलाडी र प्रशिक्षकको चार महिनाको तलव कटौती गरेका हुन् । तलब कटौतीसँगै क्लवलाई ९० मिलियन युरो बचत हुने बताइएको छ ।
अप्रिल तीन तारिखसम्मका लागि स्पेनमा सबै खेलकुद गतिविधि बन्द रहेको छ । कोरोनाको संक्रमण युभेन्टसका खेलाडीमा पनि देखिएको थियो ।
जसका कारण पुरै टिम क्वारेन्टाइनमा बसेको थियो । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, वेल्सका आरोन राम्सेले मार्चदेखि जुनसम्मको तलव नलिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्