२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै


143
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ११ बजे बस्न लागेको हो ।

आइतबार र सोमबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

बैठकमा छ महानगरपालिका र ११ उपमहानगरपालिका कहाँ कसले लिने भन्ने भागबन्डा टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धनमा रहेका दलका अध्यक्षहरू र शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन् ।