
नवलपरासी, चैत १५ । पश्चिम नवलपरासीको परासीमा ‘लकडाउन’को अवज्ञा भएको छ ।
सरकारले गरेको लकडाउनलाई प्रहरी प्रशासनले प्रभावकारी कार्यान्वयन नगर्दा यसको अवज्ञा भएको हो ।
लकडाउनको अवज्ञा गर्दै परासीमा साप्ताहिक हाटबजारसमेत लागेको छ ।
हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामग्री किन्ने ग्राहकको घुइँचो लागेको छ ।
प्रशासन कार्यालयले भने खाद्य सामग्री र तरकारी किन्नको लागि सहज बनाइएको तर हाटबजार नै लाग्न भने नदिइएको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले लकडाउनको पूर्णपालना भएको र उल्लंघन गर्नेलाई कारबाही गर्ने दाबी गरेका छन् ।
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले प्रहरी प्रशासनको असहयोगका कारण नगर क्षेत्रमा लकडाउन कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्