विराटनगर, चैत १५ । प्रदेश नम्बर-१ मा कोरोनाभाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरिएको छ ।
मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समिति गठन गरिएको हो ।
प्रदेशका सबै विभागीय मन्त्रीहरुलाई कामको बाँडफाँट गरी जिम्मेवारी दिइएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन गरिएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यसैगरी, प्रदेश सरकारले कोरोनाविरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई एक करोड ६८ लाख उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस्