विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष गोल्यान « Imagekhabar – Online News Portal of Nepal


विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष गोल्यान


52
Shares

काठमाडौं । फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष गोल्यानले पछिल्लो समय आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न निर्यातजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले निर्यातभन्दा आयात गर्ने उद्योगीलाई सम्मान गरिरहेको गुनासो गर्नुभयो ।

अध्यक्ष गोल्यानले सरकारले आगामी बजेटमा कृषि तथा निर्यात उद्योगलाई नाफामुलुक बनाउनुपर्ने बताउनुभयो ।