२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


गभर्नर अधिकारीले दिएको निलम्बनविरूद्ध रिटको सुनुवाइ मंगलबार


104
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बनको निर्णयविरुद्ध दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

मन्त्रिपरिषद्ले छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरेसँगै निलम्बनमा पर्नुभएका गभर्नर अधिकारीले सरकारले आफूलाई गरेको निलम्बन फुकुवा गर्नुपर्ने मागसहित आइतबार सर्वोच्च पुग्नुभएको थियो ।

निलम्बित गभर्नर अधिकारीले रिटमा आफूमाथि गरिएको कारबाही बदर गरी जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्नुभएको छ । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो ।

अधिकारीमाथि सरकारले सूचना चुहाएको आरोप लगाउँदै अनुसन्धान गर्न सर्वोच्चमा पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।