Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


वीरगन्ज महानगरले ज्यालादारी परिवारलाई दिन थाल्यो आर्थिक सहयोग


0
Shares

वीरगन्ज, चैत १५ । वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारी गर्ने परिवारको छनोट गरी आर्थिक सहयोग गरेको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमामर सरावगीले घर–घर पुगेर दैनिक उपभोग्य वस्तु वितरण गरे ।

‘लकडाउन’को कारण दैनिकी चलाउन समस्या भएपछि आर्थिक अवस्था कमजोर भएकाहरुलाई दैनिक उपभोग्य वस्तु वितरण गरिएको हो ।

शनिबार वडा नम्बर ३ र १२ का ५० घर परिवारलाई खाद्य सामग्री वितरण गरिएको थियो ।

महानगरले ३२ ओटै वडामा यो अभियान सञ्चालन गर्ने भएको छ ।